भिठ्ठामोड नाकाबाट भारतीय प्रहरीले बरामद गर्‍यो ७३ किलो गाँजा

धनुषा — महोत्तरीको भिठ्ठामोड नाकाबाट भारततर्फ कारमा तस्करी गरिएको गाँजासहित भारतीय प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

नेपाल-भारत बोर्डरमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले चेक गरी भारततर्फ पठाएको कारबाट दशगजा क्षेत्रमै भारतीय सुरक्षा प्रहरीले चोक गर्दा ७३ किलोग्राम गाँजासहित २ जनालाई नियन्त्रणमा लिएको हो ।

भारत बलुवाही हनुमाननगर–५ भुतहीका देवशंकर कुमार र रबानी अन्सारीलाई ७३ किलोग्राम गाँजा भारतीय प्रहरीले पक्राउ गरेको हो । जनकपुरबाट भिठ्ठामोड हुँदै भारततर्फ गएको बीआर ०१ बीवाई ८५०८ नम्बरको कारबाट गाँजासहित २ जनालाई पक्राउ गरिएको हो ।

शुक्रबार नेपाल तर्फबाट भारत प्रवेश गर्दा चेकपोस्टमा कारबाट गाँजा बरामद भएको भिठ्ठामोड बीओपीका सशस्त्र प्रहरी निरीक्षक खम्बराज भण्डारीले बताए । जनकपुरबाट भारत सीतामाढीको बरियारपुर गाजा लिएर जाने क्रममा भारतीय प्रहरीले पक्राउ गरेको हो ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः