परवानीपुर गाउँपालिकाद्वारा विद्यालय व्यवस्थापन तथा सूचना प्रविधि तालिम सम्पन्न

बारा, २०८१ फागुन ८ – परवानीपुर गाउँपालिका कार्यालयले ए. एन. फाउण्डेशन, बारासँगको सहकार्यमा विद्यालय व्यवस्थापन तथा सूचना प्रविधि (आईटी) तालिम आयोजना गरेको छ।

गाउँपालिका प्रमुख रामछेत्री प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न उक्त तालिम विद्यालय व्यवस्थापन सुदृढ बनाउने तथा आधुनिक प्रविधिको प्रभावकारी प्रयोगका लागि आयोजित गरिएको हो। तालिममा गाउँपालिका अन्तर्गतका विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा व्यवस्थापन समिति सदस्यहरूको सहभागिता रहेको थियो।

तालिममा सूचना प्रविधिको भूमिका, डिजिटल व्यवस्थापन, शैक्षिक सुधारका लागि प्रविधिको प्रयोग तथा विद्यालय प्रशासनको प्रभावकारी सञ्चालनका विविध पक्षमा जानकारी प्रदान गरिएको थियो। सहभागीहरूले तालिम निकै उपयोगी भएको प्रतिक्रिया दिएका छन्।

गाउँपालिका प्रमुख कुर्मीले विद्यालय शिक्षा क्षेत्रमा प्रविधिको महत्व बढ्दै गइरहेको बताउँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। ए. एन. फाउण्डेशनका प्रतिनिधिहरूले पनि शैक्षिक प्रविधि विकासका लागि निरन्तर सहकार्य गर्ने बताएका छन्।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः