ओडीसामा नेपाली विद्यार्थी मृत्यु प्रकरण : प्रधानमन्त्रीले भने- कूटनीतिक पहल गरिरहेका छौं

काठमाडौं : प्रधानमन्त्री केमपी शर्मा ओलीले भारतमा नेपाली विद्यार्थीहरूलाई होस्टलबाट निकालिएको विषयमा कूटनीतिक पहल गरिरहेको बताएका छन्।

ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी विश्वविद्यालयको होस्टेलमा एक जना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले त्यस विषयमा कूटनीतिक पहल गरिरहेको बताए।

‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जाल मार्फत जानकारीमा आएको छ। यस विषयमा सरकारले कूटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ,’ प्रधानमन्त्री ओलीले भनेका छन्।

यसअघि केआईआईटीमा बिटेक अध्ययनरत प्रकृति लम्साल मृत भेटिएकी थिइन्। केआईआईटीका रजिष्ट्रारका अनुसार, प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेको आशंका गरिएको छ।

उक्त संस्थानले विज्ञप्ति निकाली बिटेक तेस्रो वर्षमा अध्ययनरत नेपाली विद्यार्थी लम्साल मृत भेटिएको जानकारी गराएको छ। उनले आत्महत्या गरेको हुनसक्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। उनी प्रेम सम्बन्धमा रहेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ।

लम्साल मृत भेटिएपछि उनी अध्ययनरत कलेजमा विद्यार्थीहरूले प्रदर्शनसमेत गरेका छन्। कलेज प्रशासनले लम्साल बसेको कोठा सिल गरेको छ भने उनको शव शवगृहमा राखिएको छ।

यसैबीच कलेज प्रशासनले नेपाली विद्यार्थीहरूलाई विश्वविद्यालय खाली गर्न निर्देशन दिइएको छ। रजिस्ट्रारले विज्ञप्ति जारी गरेर नेपालबाट आउने सबै विद्यार्थीहरूका लागि विश्वविद्यालय बन्द गरिएको र उनीहरूलाई आजै (१७ फेब्रुअरी)देखि विश्वविद्यालय क्याम्पस खाली गर्न निर्देशन दिइएको छ,’ विज्ञप्तिमा भनिएको छ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः