वीरगञ्जका होटलहरूमा वडा प्रहरी कार्यालय श्रीपुरद्वारा कडाइका साथ चेकजाँच

वीरगञ्ज । वडा प्रहरी कार्यालय श्रीपुर, पर्साले वीरगञ्ज महानगरपालिका भित्र रहेका होटलहरूमा कडाइका साथ चेकजाँच अभियान सञ्चालन गरेको छ। श्रीपुर प्रहरीको विशेष टोलीले होटलहरूमा अनैतिक कार्य हुन नदिन नियमित रूपमा अनुगमन तथा निगरानी गरिरहेको छ।

वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक श्याम बस्नेतका अनुसार शृंखलाबद्ध रूपमा होटलहरूमा चेकजाँच अभियान जारी रहने छ । होटल व्यवसायलाई मर्यादित बनाउँदै अनैतिक गतिविधि नियन्त्रण गर्न निरन्तर अनुगमन गरिने छ, उनले बताए।

प्रहरी स्रोतका अनुसार, होटलहरूमा अवैध गतिविधि हुन सक्ने आशंकालाई ध्यानमा राख्दै प्रहरीले विशेष निगरानी राख्ने नीति लिएको छ। यस प्रकारको चेकजाँच अभियानले अनुशासित र सुरक्षित वातावरण निर्माण गर्न मद्दत पुग्ने प्रहरीले जनाएको छ।

स्थानीय नागरिकले पनि प्रहरीको यो कदमलाई सकारात्मक रूपमा लिँदै सुरक्षित तथा मर्यादित समाज निर्माणको लागि आवश्यक प्रयास भएको बताएका छन्।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः