नेपालको नागरिक एपसँग भारतको आधार कार्डलाई जोड्न सम्भाव्यता अध्ययन सुरु

वीरगञ्ज । नेपाल सरकारद्वारा नागरिक एप र भारतको आधार कार्डलाई अन्तरआबद्ध गर्ने सम्भावनाबारे अध्ययन सुरु गरिएको छ ।

अध्ययनको उद्देश्य दुवै देशका नागरिकहरूको पहिचान प्रक्रिया सरल बनाउनुका साथै सार्वजनिक सेवा सुविधामा पहुँचलाई सहज बनाउनु हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका स्रोतअनुसार, दुवै प्रणालीको प्राविधिक संरचना र सम्भाव्यता परीक्षण गर्न विशेषज्ञहरू संलग्न गरिएका छन् ।

हाल, नेपाल र भारतका सम्बन्धित निकायहरू यस सम्भाव्यतामाथि छलफल गरिरहेका छन् । कुन-कुन सेवामा नागरिकहरूले प्रत्यक्ष फाइदा पाउनेछन् भन्ने विषयमा प्राविधिक विश्लेषण भइसकेपछि विस्तृत योजना अघि बढाइने बताइएको छ ।

हालै, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले एक सार्वजनिक कार्यक्रममा नागरिक एप र आधार कार्डबिच एकीकरणको सम्भावनाबारे छलफल भइरहेको जानकारी गराएका थिए । उनले नेपाल-भारतबिचको नागरिक आवागमनलाई सहज बनाउने दिशामा ठोस प्रयास भइरहेको उल्लेख गरे ।

यस क्रममा, नागरिक एपका एक अधिकारीले डिजिटल पहिचान प्रणाली अन्तरआबद्ध भएपछि नेपाल र भारतका नागरिकहरूले एक अर्काको देशमा सरल सेवा प्रवाहको सुविधा पाउने बताए ।

उनका अनुसार, यो प्रणाली कार्यान्वयन भएपछि भारत भ्रमण गर्ने नेपाली नागरिकले नागरिक एपको क्युआर स्क्यान गरी विभिन्न सेवाहरू सहज रूपमा प्राप्त गर्न सक्नेछन् ।

नेपाल र भारतबिच डिजिटल पहिचान एकीकरणको पहलले दुवै देशका नागरिकलाई प्रविधिमैत्री सेवा उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः