पर्सामा भन्सार छलीका दुई भारतीय गाडी प्रहरी नियन्त्रणमा, २२ लाख मूल्याङ्कन गरी भन्सारमा बुझाइयो

spot_img

पर्सामा लामो समयदेखि भन्सार प्रक्रिया पूरा नगरी सञ्चालन हुँदै आएका भारतीय नम्बर प्लेटका दुई निजी चारपाङ्ग्रे सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले २०८३ कात्तिक १६ गते दिउँसो करिब २ः३० बजे वीरगञ्ज महानगरपालिका–१६, इनर्वा गाउँस्थित सडकखण्डबाट ती सवारी साधन बरामद गरेको हो।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनमा एउटा भारतीय बोलेरो र एउटा मारुती सुजुकी कार रहेका छन्। दुवै गाडी बेवारिसे अवस्थामा फेला परेका थिए।

बरामद सवारी साधनमाथि हकदाबी गर्ने व्यक्तिको खोजी गर्दा कोही पनि सम्पर्कमा नआएपछि प्रहरीले दुवै गाडीको कुल मूल्य २२ लाख रुपैयाँ कायम गरेको थियो।

थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन प्रहरीले २०८३ कात्तिक १७ गते दुवै सवारी साधन वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लले घटनाको पुष्टि गर्दै भन्सार छली गरी अवैध रूपमा सञ्चालन हुने सवारी साधनमाथि प्रहरी निगरानी र कारबाहीलाई थप कडा बनाइएको जानकारी दिएका छन्।

भन्सार प्रक्रिया पूरा नगरी सञ्चालन भइरहेका सवारी साधन नियन्त्रण गर्ने अभियानलाई प्रहरीले निरन्तरता दिएको जनाएको छ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः