घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा

spot_img

बीरगञ्ज । धनुषा प्रहरीले जिल्लाको धनुषाधाम नगरपालिका–५ ९०० बिघास्थित वडा सदस्य सुरेश साहको घरबाट ठुलो परिमाणमा रासायनिक डिएपी मल बरामद गरेको छ।

वडा सदस्य साहले घरमा लुकाइछिपाइ डिएपी मल राखेको र रातिको समयमा महँगो मूल्यमा बिक्री गरिरहेको गोप्य सूचनाका आधारमा प्रहरी चौकी ९०० बिघाबाट खटिएको टोलीले करिब ४०० बोरा डिएपी मल बरामद गरेको हो।

वडा सदस्य साहको घरबाट बरामद भएको उक्त रासायनिक मलको स्रोत नभेटिएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिएका छन्।

नियन्त्रणमा लिइएको मल ट्र्याक्टरमा लोड गरेर इलाका प्रहरी कार्यालय धनुषाधाम ल्याउने काम भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताएका छन्। उनका अनुसार बरामद भएको मलको यकिन सङ्ख्या र त्यसको स्रोतबारे थप अनुसन्धान भइरहेको छ। वडा सदस्य साह फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेको भनाइ छ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः