वीरगन्ज,२३असार:पर्सा राष्ट्रिय निकुञ्जकाे जंगलबाट नेपाली सेनाले ठूलाे परिमाणमा लागू ओैषध गाँजासहित दुई जनालाई पक्राउ गरेकाे।निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको श्री सबुज गणको गस्ती टोलीले साेमबार १ सय केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको हाे ।
नेपाली सेनाकाे सुरक्षा पोष्ट प्रतापपुरबाट खटिएको सेनाकाे गस्ती टोलीले मकवानपुरको चुरे क्षेत्रअन्तर्गत पर्ने निकुञ्जकाे बगई खोला नजिकबाट गाँजासहित मकवानपुरको राक्सिराङ गाउँपालिका-३ पलासे का ५४ वर्षीय विक्रम स्याङ्तान र ४८ वर्षीय गोकर्ण मोक्तानलाई पक्राउ गरेको हाे।
गाँजासहित पक्राउ परेका दुवै जनाव्लाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारीको रोहबरमा इलाका प्रहरी कार्यालय मनहरीमा बुझाइएको सेनाले जनाएको छ ।
पर्सा राष्ट्रिय निकुञ्ज मकवानपुर, बारा र पर्सा जिल्लाका फैलिएको छ । निकुञ्जको दुर्गम भौगोलिक अवस्थाका कारण यस क्षेत्रलाई विगतदेखि गाँजालगायत लागूऔषध ओसारपसार गर्ने समूहहरूले प्रयोग गर्ने मार्गका रूपमा लिने गरेको स्थानीयको भनाइ छ ।






