वीरगञ्ज, १८असार: बाराका एक युवक स्रोत नखुलेको नेपाली नगदसहित बिहीबार काठमाडौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका-७ घर भई हाल काठमाडौं कालीमाटी बस्दै आएका २३ वर्षीय मनमोहन साह कलवार रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहीबार दिउँसो करिब २:४५ बजे जम्बुडाँडास्थित पहेलो पुल क्षेत्रमा शङ्कास्पद रूपमा झोला बोकेर हिँडिरहेका कलवारलाई प्रहरीले नियन्त्रणमा लिएर चेकजाँच गरेकाेमा उनको साथबाट स्रोत खुलाउन नसकिएको नेपाली नगद ३९ लाख ४१ हजार ६२० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
नगद रकमसहित पक्राउ परेका उनकाे बारेमम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एंव पवन कुमार भट्टराईले जानकारी दिए ।






