बागमती नदीमा डुबेर दुई बालकको मृत्यु

spot_img

रौतहटमा बागमती नदीमा दाउरा निकाल्ने क्रममा डुबेर दुई जना ८ वर्षीय बालकको मृत्यु भएको छ ।

गढिमाई नगरपालिका–१ स्थित हरैया घाटमा बागमती नदीमा दाउरा निकाल्ने क्रममा ८ वर्षीय आदित्य यादव र अनिकेस यादव डुबेर बेपत्ता भएका थिए ।

बेपत्ता भएपछि सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस समनपुर र नेपाल प्रहरीको संयुक्त टोलीले खोजी अभियान सञ्चालन गरेको थियो । खोजतलासका क्रममा दिउँसो करिब ३ बजे अनिकेस यादव र करिब ४ बजे आदित्य यादवलाई मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः