वीरगन्ज,२असार:बाेलेराे गाडीमा लागू ओैषध गाँजा तस्करी गर्ने दुई जनालाई पक्राउ गरेकाे छ।पक्राउ पर्नेहरुमा बा१९ च ५७३८ नम्बरको बाेलेराे गाडीका चालक सिन्धुपाल्चाेककाे बाह्रबिसे नगरपालिका-२ का ३० वर्षीय सुभाष थामी र त्यही ठाउँका २८ वर्षीय छत्र बहादुर थामी रहेका छन्।
वीरगन्ज महानगरपालिका वडा नम्बर २१ स्थित ड्राइपाेर्ट-परवानीपुर सडकखण्डमा मंगलबार इलाका प्रहरी कार्यलय पाेखरिया र वडा प्रहरी कार्यालय श्रीपुरकाे संयुक्त टाेलीले पथलैयाबाट वीरगन्ज आउँदै गरेकाे बा१९ च ५७३८ नम्बरको बाेलेराे गाडी राेकेर चेकजाँच गरेकाे थियाे।
त्यसक्रममा उक्त गाडीमा त्रिपालले छाेपेर राखिएको अवस्थामा ८ वटा पाेकामा रहेकाे १०९ केजी गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।बरामद गाँजा र गाडीसहित दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।






