भारतबाट तस्करी गरी ल्याइएको २५ लाख मूल्यको यौनवर्धक औषधि बरामद

spot_img

वीरगञ्ज,३०जेठः भारतबाट तस्करी गरी ल्याइएका २५ लाख रुपैयाँ मूल्यको यौनवर्धक औषधि सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरीले कपिलवस्तुको कृष्णनगर १ शिवनगरबाट ३३० थान युरिफिल इफेक्ट नामक औषधि बरामद गरेको हो ।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी नायब उपरीक्षक यज्ञमान साउदको नेतृत्वमा खटिएको टोलीले उक्त यौनवर्धक औषधि बरामद गरेको हो । यौन उत्तेजनाका लागि प्रयोग गरिने उक्त औषधिको बजार मूल्य २४ लाख ७५ हजार रहेको जनाइएको छ ।

बरामद औषधि कृष्णनगर भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरी बल नम्बर २८ हेडक्वार्टरका सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीले बताए ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः