मधेस : जग्गा विवादमा कुटपिट हुँदा एक वृद्धको मृत्यु

spot_img

वीरगञ्ज,३०जेठ :सर्लाहीमा जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको ज्यान गएको छ । सर्लाहीको गोडैता नगरपालिका वडा नम्बर ९ का ७० वर्षीय अहमिद मन्सुरमाथि कुटपिट भएको थियो । कुटपिटबाट गम्भीर घाइते मन्सुरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना गत जेठ २२ गतेको हो । उनका छिमेकी श्रीचन महतोसँग जग्गासम्बन्धी विवाद हुँदा श्रीचनका छोरा सुशील महतो, रमजान मन्सुरलगायतले उनलाई निर्घात कुटपिट गरेर घाइते बनाएका थिए ।

गम्भीर घाइते भएका मन्सुरलाई मलंगवास्थित म्याक्स अस्पतालमा भर्ना गरिएको भए पनि उपचारको क्रममा शनिबार बिहान ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घटनामा संलग्नमध्ये रमजान मन्सुरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाउँदै अन्य घटनामा संलग्न श्रीचन महतो र सुशील महतो फरार रहेकाले उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः