जिल्ला प्रहरी कार्यालय बारा ले लागूऔषध गाँजासहित एक महिलालाई पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोस्ट डुमरवानाबाट प्रहरी सहायक निरीक्षक दिपेन्द्र साहको कमाण्डमा खटिएको टोलीले गोप्य सूचनाको आधारमा जीतपुरसिमरा उपमहानगरपालिका–१४ खयरघारीस्थित एक घरमा छापा मारेर गाँजा बरामद गरेको हो ।

प्रहरीका अनुसार विक्रम स्याङतानको सुत्ने कोठाभित्र बोरामा लुकाइछिपाइ राखिएको अवस्थामा करिब ४ किलो ४ सय ग्राम गाँजा फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुरेशराज भट्ट का अनुसार विक्रम स्याङतानकी श्रीमती ४८ वर्षीया मित्रादेवी स्याङतानलाई नियन्त्रणमा लिइएको छ ।
![]()
पक्राउ परेकी स्याङतानमाथि बारा जिल्ला अदालत बाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







