वीरगञ्ज,१३जेठ: गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा कारागारबाट अनधिकृत रूपमा बाहिर निस्किएको घटनालाई लिएर सम्बन्धित व्यक्तिमाथि छानबिन गरी कानुनी कारबाही गर्न राष्ट्रिय मानव अधिकार आयोगले सिफारिस गरेको छ ।
तथ्य र विश्लेषण खण्डको प्रकरण नंबर १५ मा गरिएको विवेचनाअनुसार उक्त कार्य कानूनविपरीत रहेको तथा मानवअधिकार उल्लंघन मात्र नभई कारागार ऐन, २०७९ को दफा ४९ अनुसार फौजदारी अपराधसमेत हुने उल्लेख गरिएको छ।
![]()

प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने कारागारबाट बाहिर निस्किएको घटनामा कसको कस्तो संलग्नता थियो भन्ने विषयमा विस्तृत अनुसन्धान गर्नुपर्ने उल्लेख छ । यस क्रममा नख्खु कारागारका जेलर सत्यराज जोशी, राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू मनीष झा र हरि ढकाललगायतलाई शंकाको दायरामा राखी सूक्ष्म अनुसन्धान गर्न सिफारिस गरिएको छ।
दोषी ठहर भएका व्यक्तिमाथि कानुनबमोजिम कारबाही गर्नुपर्ने पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।







