वीरगञ्ज । नेपाल विद्युत प्राधिकरण अन्तर्गत वीरगञ्ज वितरण केन्द्रले लाइन सुधार तथा तार तान्ने कार्यका कारण वीरगञ्जका विभिन्न क्षेत्रमा विद्युत् सेवा प्रभावित हुने जनाएको छ।
वितरण केन्द्रद्वारा जारी सूचनाअनुसार बहम चौकदेखि भानु चौकसम्म मेन बाइपास रोडको पश्चिमपट्टि तार तान्ने कार्य गर्नुपर्ने भएकाले ब्रहम चौक, भानु चौक, भिष्वा तथा एन.एम.सी क्षेत्रहरूमा विद्युत् सेवा अनियमित हुने भएको हो।
त्यसैगरी, परवानिपुर ग्रिड बाट प्रशारण हुने कृषि, डाबर, सिमरा तथा गण्डक फिडरमा समेत लाइन सुधार कार्य गरिने जनाइएको छ।
सूचनाअनुसार मिति २०८३ साल जेठ ३ गते बिहान ११:०० बजेदेखि साँझ ६:०० बजेसम्म विद्युत् सेवा प्रभावित हुने छ। कार्य निर्धारित समयभन्दा अगावै सम्पन्न भएमा सोहीअनुसार लाइन सञ्चालन गरिने वितरण केन्द्रले जनाएको छ।
विद्युत् अवरोधबाट ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति वितरण केन्द्रले क्षमायाचना समेत गरेको छ।
सूचनामा मधेस प्रदेशस्थित प्रादेशिक कार्यालय जनकपुर, जिल्ला प्रशासन कार्यालय पर्सा, वीरगञ्ज महानगरपालिका, वीरगञ्ज उद्योग वाणिज्य संघ तथा प्रिति कन्सट्रक्सन लाई बोधार्थ दिइएको उल्लेख छ। सूचना विजय महतो द्वारा जारी गरिएको हो।







