बारामा सशस्त्र प्रहरीद्वारा अवैध सामान बरामद, एक मोटरसाइकल पनि नियन्त्रणमा

spot_img

वीरगञ्ज, ०३ जेठ । बारामा सशस्त्र प्रहरीले भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको अवैध सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा. बाराअन्तर्गत सीमा सुरक्षा गुल्म मटिअर्वा र बि.ओ.पी. बेनौलीबाट खटिएको टोलीले नियमित गस्ती तथा चेकजाँचका क्रममा उक्त सामानहरू नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा. का प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक विक्रम मणि अधिकारीका अनुसार बरामद गरिएका सामानहरूमा करिब ३ लाख रुपैयाँ बराबर मूल्यका १९२ थान स्टिल जग, किराना सामग्री तथा अन्य विभिन्न सामानहरू रहेका छन्। सामानका साथै अवैध ओसारपसारमा प्रयोग गरिएको एक थान मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

सीमाक्षेत्रमा हुने चोरीपैठारी तथा अवैध कारोबार नियन्त्रणका लागि सशस्त्र प्रहरीले नियमित रूपमा निगरानी, पैदल गस्ती र चेकजाँचलाई थप कडाइका साथ सञ्चालन गर्दै आएको र सीमा सुरक्षालाई प्रभावकारी बनाउन संगठन प्रतिबद्ध रहेको अधिकारीले जानकारी दिए।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः