सिस्नेरी-दक्षिणकाली सडकखण्डमा सवारी दुर्घटना, ९ जना घाइते

spot_img

वीरगञ्ज, २९ वैशाख । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित सिस्नेरी–दक्षिणकाली सडकखण्डमा गए राति एक सवारी दुर्घटना भएको छ ।

 

सोमबार राति करिब ११:१० बजे काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको बा.प्र.०१–०३३ च ५२५८ नम्बरको माइक्रो बसको ब्रेक फेल भई सडकको भित्तामा ठोक्किँदा ९ जना भारतीय नागरिक घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । दुर्घटना लगत्तै प्रहरी चौकी खानिखेत र सिस्नेरीबाट खटिएको टोलीले घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेको थियो । चालकसहित ११ जना सवार उक्त गाडीमा नौजना भारतीय र दुईजना नेपाली नागरिक रहेका थिए ।

 

प्रहरी सहायक निरीक्षक मनोजकुमार यादव र रामवली साहको नेतृत्वमा खटिएको टोलीले सबै घाइतेहरूलाई उद्धार गरी थप उपचारका लागि काठमाडौं पठाएको जानकारी दिएको छ ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः