लागु औषध सेवनकर्ता खोजी अभियान अन्तर्गत वीरगन्ज नाकाबाट एक युवतीसहित ८ जना पक्राउ

spot_img

वीरगन्ज,२७ वैशाख : देशभर नेपाल प्रहरीले थालेको लागु औषध सेवनकर्ता खोजी एंव सुधार महाअभियान अन्तर्गत पर्सामा पनि प्रहरीले दुई दिनमा लागू औषधसहित ८ जनालाई पक्राउ गरेको छ ।

अभियानका क्रममा शुक्रबार र शनिबार गरी दुई दिनमा वीरगन्ज नाकाबाट प्रहरीले खैरो हेरोइन र प्रतिबन्धित औषधिसहित एक युवतीसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले शुक्रबार वीरगन्ज महानगरपालिका वडा नम्बर १६ शंकराचार्य गेटबाट खैरो हेरोइन ६०० मिलिग्राम सहित २७ वर्षीय विकास साह र २३ वर्षीय कबिन पराजुली, खैरो हेरोइन ५ ग्राम र सेतो हेरोइनसहित २० वर्षीय सागर घिमिरे र २३ वर्षीया पूजा जिम्बालाई पक्राउ गरेको हो । यस्तै शनिबारपनि त्यहि स्थानबाट प्रहरीले खैरो हेरोइन ३ ग्राम ३७ मिलिग्रामसहित २९ वर्षीय अन्जन थापा र १९ वर्षीय रमेश बम्जन,प्रतिबन्धित ट्याब्लेट ५३ पिससहित ३७ वर्षीय राजु बानिया र ५२ वर्षीय अलिहसन मियाँलाई पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

शंकराचार्य गेट स्थित प्रहरीको चेक प्वाइन्टमा भारतबाट नेपालतर्फ आउने पैदल यात्री तथा सवारी साधनहरूलाई चेकजाँच गर्ने क्रममा दुई दिनमा ८ जनालाई पक्राउ गरिएको र उनिहरुविरुद्ध लागु औषध नियन्त्रण ऐन सम्बन्धि कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप समेत गरि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः