एकै दिन १२ फरार प्रतिवादी पक्राउ

spot_img

जिल्ला प्रहरी कार्यालय बारा ले एकै दिन १२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

 

निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरेशराज भट्टका अनुसार जिल्लाका विभिन्न पालिकाबाट अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार सूचीमा रहेका व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो ।

 

पक्राउ पर्नेहरूमा ११ जना चेक अनादर मुद्दाका र एक जना सवारी ज्यान मुद्दाका प्रतिवादी रहेका छन्। सवारी ज्यान मुद्दाका प्रतिवादीलाई २५ दिन कैद सजाय तोकिएको थियो भने चेक अनादर मुद्दाका ११ जनालाई बारा जिल्ला अदालत ले पाँच सयदेखि दुई हजार रुपैयाँसम्म जरिवाना गरेको थियो । उनीहरूले जरिवाना नतिरी फरार रहँदै आएका थिए ।

 

प्रहरीले विशेष अभियान सञ्चालन गरी कलैया उपमहानगरपालिका, जितपुरसिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका, महागढीमाई नगरपालिका, फेटा गाउँपालिका तथा प्रसौनी गाउँपालिका बाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

 

पक्राउ परेका सबै प्रतिवादीलाई आवश्यक कानूनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायमा पेश गरिएको प्रहरीले जनाएको छ । साथै, फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइने र अदालतको आदेश कार्यान्वयनमा कडाइ गरिने पनि प्रहरीले स्पष्ट पारेको छ ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः