प्रसंग हो मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाको।
करिब २ साता अघि एउटा अडियो सार्वजनिक भएको थियो, जसमा डीआईजी थपलियाका घुमुवा दुवै—गोपाल थापामगर र जयलाल यादवले तस्करसँग लाइन खुलाउन ४.५ लाख रुपैयाँ लिएको देखिन्छ। तर अडियो सार्वजनिक गर्ने र भ्रष्टाचारविरुद्ध आवाज उठाउने व्यक्तिलाई नै निलम्बन सिफारिस गरियो।
घटना नम्बर २: डीआईजी गोविन्द थपलियाको मानसिक दबाबका कारण प्रहरी जवान रोशन यादवले हात काटेर आत्महत्या प्रयास गरे। तर यहाँ पनि सानालाई ऐन र ठूलालाई चैन नै देखियो। तुरुन्तै मधेश प्रदेश प्रहरी कार्यालयबाट विज्ञप्ति निकालेर घटनालाई ढाकछोप गर्ने प्रयास गरियो।
त्यसैगरी नेपाल प्रेसका मधेश ब्यूरो प्रमुख शिव अधिकारी यदुवंशीलाई समाचार लेखेकै निहुँमा ज्यान मार्ने धम्की आएको छ । अज्ञात नम्बरबाट ह्वाट्सएपमा फोन गर्दै ‘ठाउँको ठाउँ मारिदिने’ धम्की दिइएको हो ।
यदुवंशीका अनुसार हिजो साँझ करिब ७:४० देखि ७:४५ बजेको बीचमा भारतको पटना क्षेत्रबाट भन्दै स्पाम कल गरिएको थियो । फोन गर्नेले हिन्दीमा बोलेका थिए ।
‘डीआइजीसम्बन्धी समाचार लेखेर हाम्रो सेटिङ भत्कायौ, १० मिनेटमै जनकपुरमा गोली हान्छु’ आफूलाई आएको धम्की उद्वृत गर्दै यदुवंशीले भने ।
समग्रमा तीनवटै घटना डीआईजीसँग प्रत्यक्ष रूपमा सम्बन्धित हुँदाहुँदै पनि उहाँ प्रदेश प्रमुखकै हैसियतमा रहनुहुन्छ। यसबाट जनताले सहजै अनुमान गर्न सक्छन् कि बालेन सरकारको भ्रष्टाचार नियन्त्रण अभियान ठूलालाई होइन, केवल साना दर्जाकै लागि मात्र हो।






