वीरगञ्ज, पर्सा — वीरगञ्ज भन्सार क्षेत्र अन्तर्गत सशस्त्र प्रहरी टोलीले चेकजाँचका क्रममा ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।
काठमाडौंबाट भारततर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बसलाई नियमित जाँचका क्रममा २ किलो ९७२ ग्राम गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएको गाँजासँगै बसमा संलग्न २ जना चालक र २ जना कन्डक्टरलाई नियन्त्रणमा लिइएको छ। हाल उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ भने सशस्त्र प्रहरीले भन्सार क्षेत्रमा निगरानी अझ कडा बनाएको जनाएको छ।




