नेपाली कांग्रेस विशेष महाधिवेशन: केन्द्रीय समिति भंग, नयाँ निर्वाचन समिति गठन

वीरगंज । नेपाली कांग्रेसको विशेष महाधिवेशनले पार्टीभित्र नयाँ नेतृत्व चयनको बाटो औपचारिक रूपमा खोलेको छ। महाधिवेशनले केन्द्रीय समिति भंग गर्दै नयाँ कार्यसमिति निर्वाचनका लागि प्रक्रिया अघि बढाएको हो।

 

भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले निर्वाचन सञ्चालनका लागि छुट्टै समिति गठन गरेको छ। डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए)का अध्यक्ष सीताराम केसीको संयोजकत्वमा बनेको निर्वाचन समितिमा अशोक पोखरेल, गोकर्ण बञ्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम सदस्य रहेका छन्।हाल भृकुटीमण्डपमा महाधिवेशनको बन्दसत्र जारी छ। बन्दसत्रमार्फत पार्टीको भावी नेतृत्व तय हुने अपेक्षा गरिएको छ। निर्वाचन समिति गठनसँगै अब निर्वाचन कार्यतालिका र प्रक्रिया अगाडि बढाइनेछ।यसैबीच, पार्टीभित्रको सहमति खोज्न संस्थापन पक्षसँग निरन्तर वार्ता पनि चलिरहेको जनाइएको छ। महाधिवेशनले नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक दिशानिर्देश तय गर्ने विश्वास लिइएको छ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः