पर्सामा स्रोत नखुलेको १० लाख २ हजार रुपैयाँसहित तीन जना पक्राउ

वीरगञ्ज । स्रोत नखुलेको १० लाख २ हजार १० रुपैयाँसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनाको आधारमा गत १८ गते खटिएको टोलीले विभिन्न स्थानबाट हुण्डी कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।

 

पक्राउ पर्नेमा पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं.४ देवरवाना बस्ने २२ वर्षीय पवन कुमार साह, ३० वर्षीय मुस्ताक अन्सारी र १९ वर्षीय रामपुकार पासवान रहेका छन्।उनीहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) अनुसार (हुण्डी सम्बन्धी कारोबार गर्न नहुने) कसूरमा मुद्दा दर्ता भई थप अनुसन्धान भइरहेको छ।पक्राउको समयमा बरामद दश लाख दुई हजार दश रुपैयाँ रुपैयाँ र ना. १६ प ३०२० नम्बरको NXG Splender मोटरसाइकल रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई पर्सा जगरनाथपुर गाउँपालिका वडा नं.३ गडैयाटोल स्थित सडकखण्डबाट पक्राउ गरिएको हो । प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता राजु कार्कीले थप अनुसन्धान जारी रहेको बताए।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः