जेनजी पर्साको पहलमा राजनीतिक समन्वयबारे पहिलो चरणको छलफल सम्पन्न

पर्सा । जिल्लाको राजनीतिक वृत्तमा नयाँ ऊर्जा थप्ने उद्देश्यसहित जेनजी पर्साको अगुवाइमा आज राजनीतिक समन्वयसम्बन्धी पहिलो चरणको संवाद कार्यक्रम सम्पन्न भएको छ। संयोजक बिशेष साह र सल्लाहकार राजा गुप्ताको विशेष पहलमा आयोजित उक्त कार्यक्रममा विभिन्न दलका प्रतिनिधिहरू एकै मञ्चमा जुटेका थिए।

 

कार्यक्रममा उज्यालो नेपाल पार्टी पर्साका संयोजक रामबाबु यादव, राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति हरि पन्तलगायत राजनीतिक क्षेत्रका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले वर्तमान राजनीतिक अवस्था, दलहरूबीच सहकार्यको सम्भावना, आगामी कार्ययोजना तथा निर्वाचन रणनीतिबारे खुला र सार्थक छलफल गरेका थिए।जेनजी पर्साका सदस्यहरूको बाक्लो उपस्थितिमा सौहार्दपूर्ण वातावरणमा सम्पन्न छलफलमा युवाको भूमिकालाई केन्द्रमा राख्दै राजनीतिक समन्वयलाई संस्थागत गर्नुपर्ने धारणा व्यक्त गरिएको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक साहले देशभरका युवाप्रेरित राजनीतिक प्रतिनिधिहरूबीच एकता आवश्यक रहेको बताउँदै आगामी निर्वाचनमा परिवर्तनमुखी सोचसहित अघि बढ्नुपर्नेमा जोड दिए । उनले आपसी समझदारी, साझा एजेन्डा र युवाको सक्रिय सहभागितामार्फत नयाँ राजनीतिक संस्कार स्थापित गर्न सकिने विश्वास व्यक्त गरे।

 

जेनजी पर्साले यस किसिमका संवाद कार्यक्रमलाई निरन्तरता दिँदै जिल्लादेखि राष्ट्रिय तहसम्म राजनीतिक सकारात्मकताको आधार निर्माण गर्ने जनाएको छ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः