वीरगञ्ज,१९ पुस । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बाराको दुई उपमहानगरपालिकाहरु कलैया र जीतपुरसिमराकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरुको एकसाथ सरुवा गरेको थियो।सरुवा भएका मध्ये कलैया उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत आएका छन भने जीतपुरसिमरा उपमहानगरपालिकामा भने हालसम्म मन्त्रालयले कसैलाई पनि पठाएको छैन ।सामान्य प्रशासन मन्त्रालयले पठाएका उपसचिव रामविनय कुमार सिंहले कलैया उपमहानगरपालिकामा बुधबार हाजिर भएर कार्यभार सम्हालेका छन । पर्साको पोखरिया नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत सिंहलाई मन्त्रालयले कलैया पठाएको हो ।
यता सिंह आएसंगै लामो समयदेखी कलैया उपमहानगरपालिकामा रहेका प्रमुख प्रशासकीय अधिकृत नाथु साहको बिदाइ गरिएको छ । उनलाई शुक्रवार श्री ३ चन्द्र उच्च माध्यमिक बिद्यालयको सभा हलमा नगरप्रमुख विनोद प्रसाद साह,उपप्रमुख रौशन प्रविणसहित कर्मचारीहरुले सम्मानसहित बिदाई गरेका हुन् ।
अधिकृत साह २०७८ असोज २२ गते कलैया उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएका थिए । साहले करिब साढे चार वर्षसम्म कलैया उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा समय विताएका छन ।
साविक कलैया नगरपालिका समेत गरेर साह चौथो पटक कलैयामा सरुवा भई आएका थिए। कलैयाका साहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भोजपुर जिल्लाको भोजपुर नगरपालिकामा सरुवा छ ।




