बारामा लागूऔषध मुद्दामा कैद र जरिवाना पाएका एक जना फरार प्रतिवादी पक्राउ

spot_img

वीरगञ्ज,१८ पुस । बारा प्रहरीले लागूऔषध गाँजा मुद्दामा १ बर्ष ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना पाएका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।प्रहरी कारवाहीको सिलसिलामा इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले बारा जिल्ला अदालतबाट दण्ड सजाय तोकिएका मुद्दामा वारदात पश्चात फरार रहेकोलाई खोज तलास गरी लुकिछिपि बसेको अवस्थाबाट बिहिवार पक्राउ गरेको हो ।पक्राउ पर्नेमा बारा जिल्लाको निजगढ नगरपालिका वडा न.१२ कुलिया टोलमा बस्ने ४२ वर्षीय खेकु मुक्तान भन्ने तिलक बहादुर मुक्तान रहेको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सुरेश राज भट्टले जानकारी दिएका छन् ।

 

उनका अनुसार पक्राउ गरि बारा जिल्ला अदालतमा दाखिला गरिएको छ ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः