वीरगञ्ज, १७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशलाई उच्च अदालत पाटनले सदर गरेको छ ।स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा गत वर्ष माघ २ गते जिल्ला अदालत काठमाडौँले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।उच्च अदालतका न्यायाधीशहरु खडानन्द तिवारी र दिपककुमार खरेलको इजलासले स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको हो ।




