बच्चाको मुन्द्रा लुटेको आरोपमा पक्राउ परेका दुई जना अदालतबाट हतकडीसहित फरार

वीरगञ्ज,काठमाडौँको तारकेश्वर नगरपालिका–१० स्थित मनमैजु क्षेत्रमा बच्चाको कानको मुन्द्रा लुटेको आरोपमा पक्राउ परेका दुई जना किशोर अदालतबाट भागेका छन् ।सोमबार प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले तारकेश्वर–१० बस्ने १९ वर्षीय सनिष श्रेष्ठ र कास्की घर भएर मनमैजु बस्ने १९ वर्षीय रविन भण्डारीलाई पक्राउ गरेको थियो ।

 

बुधवार म्याद थप गर्न काठमाडौँ जिल्ला अदालतमा म्याद थपको लागी उपस्थित गराइएका उनीहरू अदालत परिसरबाट भागेका हुन् । उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।आरोपीहरूलाई प्रहरीले चोरी मुद्दामा म्याद थपको अदालतमा उपस्थित गराएको हो । म्याद थप नहुँदै भागेका उनीहरूको खोजी तीव्र पारिएको छ । दुवै जना आरोपी हतकडीसहित फरार भएका हुन् ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः