पर्सासहित मधेसका आठ जिल्लामा खटाइएका नेपाली प्रहरीका ३१ घुमुवालाई हटाइयो

वीरगञ्ज,४ पुसःमधेस प्रदेशका पर्सासहित आठ वटै जिल्लामा खटिएका नेपाल प्रहरीका ३१ घुमुवालाई हटाइएको मधेस प्रदेश प्रहरी कार्यालयले बताएको छ ।

 

घुमुवाका बारेमा गुनासोहरू आउन थालेपछि ३१ जना घुमसवाहरुलाई हटाइएको प्रदेश प्रहरी कार्यालयले बताएको छ । घुमुवाका नाममा असुली गर्नेदेखि धाकधम्की दिनेको गरेको गुनासो मधेसका जिल्लाहरूमा व्याप्त छ ।

 

प्रहरी संगठनभित्रै शुद्धीकरण गर्ने योजनाअनुसार ३१ घुमुवालाई हटाइएको मधेस प्रदेश प्रहरी कार्यालयका डीआईजी गोविन्द थपलियाले बताए ।उनका अनुसार हटाइएका घुमुवा प्रहरीको भूमिकाबारे थप आन्तरिक अनुसन्धानसमेत अघि बढाइएको छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः