मधेसमा नयाँ सरकार बनाउन एमाले बाहेकका ७ दलकाे बैठक सुरु

वीरगञ्ज,१८मंसिर:मधेस प्रदेशमा नयाँ सरकार बनाउन नेकपा एमाले बाहेकका सात दलको बैठक सुरु भएको छ।

 

जनकपुरस्थित प्रदेशसभा सचिवालयमा बिहीबार दिउँसोदेखि सुरु भएको बैठकमा सात दलका नेता तथा प्रदेश सांसद उपस्थित रहेको लोसापाका प्रदेश सांसद उपेन्द्र महतोले जानाकारी दिए।

 

उनका अनुसार यसै बैठकबाट नयाँ सरकारको छिनोफानो हुने बताए । नयाँ सरकारका लागि मधेसमा कांग्रेस र लोसपाले मुख्यमन्त्रीमा दाबी गरेका छन् ।

 

प्रदेश प्रमुख सुरेन्द्र लाभले संविधानको धारा १६८ को २ बमोजिम शुक्रबार ५ बजेसम्म सरकारका लागि दाबी पेस गर्न समय तोकेका छन् ।

 

सर्वोच्च अदालतको परमादेशपछि विश्वासको मत नपाउने छाँट देखेपछि बुधबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री सरोजकुमार यादव (महोत्तरी) ले राजीनामा दिएका थिए ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः