काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको भाउ सामान्य घटेको छ। अघिल्लो दिन सोमबार १४ सय रुपैयाँले बढेको सुन आज ३ सयले घटेको हो।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ३०० रुपैयाँले घटेर एक तोला सुनको मूल्य २ लाख ५३ हजार ३०० कायम भएको छ। सोमबार प्रतितोला सुनको मूल्य २ लाख ५३ हजार ६०० पुगेको थियो।
सुनको मूल्य सामान्य घटे पनि चाँदीको भाउ भने बढेको छ। १० रुपैयाँले बढेर एक तोला चाँदीको भाउ ३ हजार ५४५ रुपैयाँ पुगेको छ। सोमबार प्रतितोला चाँदी ३ हजार ५३५ रुपैयाँमा खरिदबिक्री भएको थियो।




