जाडोयाममा प्रदूषण नियन्त्रणका लागि वीरगन्ज महानगरको सार्वजनिक अपिल

वीरगन्ज । जाडो मौसम सुरु भएसँगै बढ्दै गएको वायु प्रदूषण नियन्त्रणका लागि वीरगन्ज महानगरपालिकाले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

महानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन महाशाखाले मंसिर १२ गते एक सार्वजनिक सूचना जारी गर्दै प्रदूषणका स्रोत न्यूनिकरण गर्न सबैलाई सहयोगी बन्न अपिल गरेको हो।सूचनामा भनिएको छ कि वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै वृद्धवृद्धा, बालबालिका, श्वासप्रश्वास तथा मुटु रोगी, दीर्घरोगी र गर्भवती महिला बढी प्रभावित हुने भएकाले सतर्कता अनिवार्य बनेको छ।

महानगरले खुला आकाशमा फोहर नजलाउन र कृषि अवशेष तथा प्लास्टिकजन्य पदार्थ नजलाउन आग्रह गरेको छ। त्यसैगरी पेट्रोलियम र कोइला जस्ता ऊर्जा स्रोतको मितव्ययी प्रयोग, निर्माण कार्यमा धुलो नियन्त्रणका उपाय अपनाउने, अन्य प्रदूषण उत्सर्जन गर्ने स्रोतको विवेकपूर्ण उपयोग गर्न समेत सुझाव दिएको छ।

वायु प्रदूषण नियन्त्रणमा सरोकारवाला निकायसँग हातेमालो गरी सहयोग गर्न समुदायलाई अनुरोध गर्दै महानगरपालिकाले सबैलाई सचेत रहन र वातावरणीय संरक्षणमा सहभागी हुन आग्रह गरेको छ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः