तुलसीपुर कारागारबाट फरार थुनुवा मृत फेला

वीरगञ्ज। तुलसीपुर कारागारबाट फरार थुनुवा मृत फेला परेका छन् । जेन्जी आन्दोलनक्रममा भदौ २४ गते तुलसीपुर कारागारबाट फरार थुनुवा नेपालगन्जमा मृत फेला परेका हुन् ।

कारागारबाट भागेका थुनुवा देवराज देवकोटा नेपालगन्जको रूकुमेली होटलमा मृत भेटिएको बाँके प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दाङको तुलसीपुर–१८ हेमन्तपुरका उनी लागुऔषध मुद्दामा पूर्पक्षमा थिए । उनी जेन्जी आन्दोलनक्रममा भदौ २४ गते तुलसीपुर कारागारबाट भागेका थिए ।

मुखमा फिँज आएको अवस्थामा मृत भेटिएका उनको शव नेपालगन्जको नर्सिङ होममा राखिएको छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः