वीरगंज । जसपा छाडेका मधेश प्रदेश अध्यक्ष अशोक कुमार यादव नेकपामा प्रवेश गरेका छन्।
बुधबार राजधानीमा आयोजित कार्यक्रममा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई पार्टीमा स्वागत गरे।
यादवले बिहीबार नै जसपाको साधारण सदस्यता समेत त्यागेको घोषणा गरेका थिए। नेकपामा प्रवेशसँगै उनको जिम्मेवारी भने खुलाइएको छैन।सोसँगै जसपाका नेता राजेन्द्र श्रेष्ठसहितका केही अन्य नेता पनि नेकपामा समाहित भएका छन्।




