वीरगन्जमा किराना पसलबाट ८ किलो गाँजासहित ७१ वर्षीय वृद्ध पक्राउ

वीरगन्ज । पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ चोर्नीस्थित एक किराना पसलबाट प्रहरीले ८ किलो गाँजा बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार, विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले ७१ वर्षीय खेदु महतो धानुक को पसल र पछाडिको कोठामा खोजतलासी गर्दा निलो रंगको प्लास्टिकको ड्रमभित्र लुकाइ राखिएको गाँजा फेला परेको हो।

लागू औषध बिक्री वितरणको आरोपमा पक्राउ परेका धानुकलाई नियन्त्रणमा लिएर पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः