प्रभास र श्रद्धा कपुर स्टार ‘साहो’ वक्सअफिसमा आफ्नो दमदार कमाइको सिलसिला कायमै राखेको छ |
रिलिजपछि सिनेमाले चर्को आलोचना खेपिरहेको भए पनि यसको कमाइमा कमी आएको छैन | यस्तोमा एक चर्चित फ्रेन्च निर्देशकले ‘साहो’ माथि आफ्नो सिनेमा चोरेको आरोप लगाएका छन् |
फ्रेन्च निर्देशक जेरोम सालले आफु निर्देशित ‘लार्गो विन्च’ बाट ‘साहो’ चोरिएको आरोप लगाएका हुन् |
उनले ट्वीटमार्फत भनेका छन् “यस्तो लाग्छ ‘लार्गो विन्च’ को दोश्रो ‘फ्रिमेक’ पनि जस्तै खराब छ | त्यसकारण कृपया गरेर तेलेगु निर्देशकहरू, यदि तपाईहरू मेरो काम चोर्नुहुन्छ भने राम्रोसँग चोर्नुस् |”
जेरोमको यस ट्वीटमा ‘साहो’ का निर्माता-निर्देशकबाट कुनै प्रतिक्रिया आएको छैन | गत वर्ष पनि पवन कल्याण स्टार ‘अज्ञेयवासी’ माथि पनि जेरोमले चोरीको आरोप लगाएका थिए |




