भुटानबाट फर्किएपछि प्रधानमन्त्री मोदीले भेटे दिल्ली बम विस्फोटका घाइते

spot_img

: बुधबार भुटानबाट फर्किएपछि प्रधानमन्त्री नरेन्द्र मोदी दिल्लीको एलएनजेपी अस्पताल पुगेका छन्। सोमबार साँझ लाल किल्ला नजिकै भएको कार बम विस्फोटमा घाइते भएकालाई यहाँ भर्ना गरिएको छ।प्रधानमन्त्री मोदीले घाइतेलाई भेटेर स्वास्थ्यलाभबारे सोधपुछ गरे।प्रधानमन्त्री मोदीले एक्समा लेखेका छन्, ‘दिल्ली विस्फोटमा घाइते भएकालाई भेट्न एलएनजेपी अस्पताल गएँ। सबैको शीघ्र स्वास्थ्यलाभका लागि प्रार्थना गर्दछु। षड्यन्त्रकारीलाई न्यायको कठघरामा ल्याइनेछ !’नोभेम्बर १० मा दिल्लीको लाल किल्ला मेट्रो स्टेशन नजिकै एउटा कार बम विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको थियो।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः