आजदेखि नयाँ आर्थिक वर्ष सुरू

spot_img

आर्थिक वर्ष २०८२/८३ आजदेखि सुरू भएको छ।

प्रत्येक वर्ष साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष सुरु हुने व्यवस्था छ। सोहीअनुसार नयाँ आर्थिक वर्ष सुरू भएको हो।

सरकारले वि.सं. २०१८ सालदेखि आर्थिक वर्षको सुरुवात साउन महिनामा सुरू भई असार महिनामा सकिने व्यवस्था गर्दै आएको छ।

नयाँ आर्थिक वर्षले खासगरी सरकारी कारोबारसँग सम्बन्धित विषयका परिवर्तन गर्नेछ। यसले राजस्व, शुल्क, जरिवाना लगायतका व्यवस्था गरिएका परिवर्तन लागु गर्न सुरू गर्नेछ।

तीन तहका सरकारले सार्वजनिक गरेको बजेटको आजदेखि पूर्ण कार्यान्वयनको सुरूवात हुनेछ।

करको दरमा भएको परिवर्तनमध्ये केही भने लागु भइसकेका छन्। विलासिता कर लगायतका केही व्यवस्थाको कार्यान्वयन आजदेखि सुरू हुनेछ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः