‘कुनै कोताही बर्दाश्त छैन’ – डोनाल्ड ट्रम्पमाथिको हमला प्रकरणमा ६ जना सीक्रेट सर्भिस एजेन्ट निलम्बित

अमेरिकाका पूर्व राष्ट्रपति तथा २०२4 का रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि गत वर्ष भएको हमला प्रकरणमा सुरक्षामा लापरवाही देखिएको भन्दै अमेरिकी सीक्रेट सर्भिसका ६ जना एजेन्टलाई निलम्बन गरिएको छ।

उक्त घटना १३ जुलाई २०२४ मा पेंसिल्वेनियामा भएको थियो, जहाँ ट्रम्प एक चुनावी कार्यक्रमका लागि उपस्थित थिए। कार्यक्रममा ट्रम्पमाथि स्नाइपरले गोली चलाउँदा उनी इन्च भरले जोगिएका थिए। ती हमला पश्चात तत्काल सुरक्षा बढाइएको थियो भने हमलाकारी मारिएका थिए।

सीबीएस न्यूजलाई जानकारी दिँदै सीक्रेट सर्भिसका डिप्टी डाइरेक्टर म्याट क्विनले भने, “सुरक्षामा कोताही गम्भीर अपराध हो। त्यसैले सम्बन्धित एजेन्टहरूलाई १० देखि ४२ दिनसम्मको बिना तलबको निलम्बन गरिएको छ।”

यस घटनाले ट्रम्पको चुनावी अभियानमा उल्लेखनीय प्रभाव पारेको बताइन्छ। अमेरिकी जनताबाट उनलाई व्यापक सहानुभूति मिलेको र समर्थन थप बलियो बनेको थियो।

यस घटनाले अमेरिकाको उच्चस्तरीय सुरक्षामा समेत प्रश्न उठाएको छ र आगामी राष्ट्रपतिको सुरक्षालाई अझ कडा बनाउने प्रयास भइरहेको छ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः