गाजामा इजरायली हवाई आक्रमण : ८१ जनाको मृत्यु, ४०० भन्दा बढी घाइते

गाजा – गाजामा इजरायली हवाई आक्रमणमा परेर पछिल्लो २४ घण्टामा कम्तीमा ८१ जनाको मृत्यु भएको छ भने ४०० जना भन्दा बढी घाइते भएका छन्। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो।

गाजा सहरको एक रंगशाला नजिकै भएको आक्रमणमा एक बालकसहित ११ जनाको ज्यान गएको अल-शिफा अस्पतालका कर्मचारी र प्रत्यक्षदर्शीहरूले बताएका छन्।
बीबीसीले प्रमाणीकरण गरेको एक भिडियोमा मानिसहरू हात र बेल्चाको सहारामा बालुवामुनि पुरिएका शवहरू खोज्दै गरेको दृश्य देखिन्छ।

यसबीच, अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को हप्ता युद्धविराम सम्भव हुने आशा व्यक्त गरेका छन्। कतारी मध्यस्थकर्ताहरूले पनि अमेरिकी दबाबले युद्धविराम सम्झौता नजिक पुगेको विश्वास व्यक्त गरेका छन्।

अघिल्लो युद्धविराम असफल

यसअघि मार्च महिनामा इजरायली आक्रमण पुनः सुरु भएपछि दुई महिनाअघि भएको युद्धविराम सम्झौता असफल भएको थियो।
१९ जनवरीदेखि लागू भएको सो युद्धविराम तीन चरणमा कार्यान्वयन गरिने भनिएको भए पनि पहिलो चरण पार गर्न नसक्दै सम्झौता टुटेको थियो।

गाजामा पछिल्ला दिनहरूमा हिंसा पुनः चर्कँदै जाँदा मानवीय संकट थप जटिल बन्दै गएको छ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः