अन्तर्राष्ट्रिय योग दिवस अवसरमा वीरगञ्जमा भारतीय दूतावासको आयोजनामा भव्य कार्यक्रम सम्पन्न

spot_img

वीरगञ्ज, पर्सा — अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतीय महावाणिज्य दूतावास वीरगञ्जको आयोजनामा एक भव्य योग कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम वीरगञ्जस्थित शंकराचार्य गेट परिसरमा सम्पन्न भएको हो, जहाँ सयौं नागरिकहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री माननीय सतिश कुमार सिंह प्रमुख अतिथि रहनु भयो भने समाज कल्याण तथा खेलकुद मन्त्री माननीय प्रमोद जयसवाल विशिष्ट अतिथिका रूपमा उपस्थित हुनु भयो।उक्त योग कार्यक्रममा पर्सा जिल्लाका सुरक्षाकर्मी, सञ्चारकर्मी, विभिन्न संघसंस्था, नागरिक समाजका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति थियो। योग अभ्यासमार्फत स्वस्थ जीवनशैली, मानसिक सन्तुलन र आत्मिक शुद्धिकरणको सन्देश फैलाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको दूतावासले जनाएको छ।कार्यक्रमले सीमावर्ती क्षेत्रमा भारत-नेपाल मैत्री सम्बन्ध अझ बलियो बनाएको जनाइएको छ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः