सर्लाही बागमतीका निलम्बित नगरप्रमुख थापा ५० लाख धरौटीमा रिहा

spot_img

सर्लाही— सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरतबहादुर थापा ५० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

थापामाथि अवैध रूपमा ढुङ्गा, गिटी र बालुवा उत्खनन गरी वन ऐनको उल्लङ्घन गरेको आरोप लागेको छ। सरकारी पक्षले उनले ४७ लाख घनमिटरभन्दा बढी वन पैदावारमा क्षति पु¥याएको दाबी गर्दै १ अर्ब ४७ करोड ३९ लाख ४३ हजार ३३७ रुपैयाँ ४५ पैसा बराबरको बिगो माग दाबी गरेको थियो।

उक्त प्रकरणमा नगरप्रमुख थापासहित अन्य पदाधिकारीहरूविरुद्ध समेत मुद्दा दायर गरिएको छ। आरोपितहरूमा—उपप्रमुख लीलाकुमारी मुक्तान,तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमलकुमार पोखरेल,तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल,इन्जिनियर सागर पौडेल, र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरी समेत छन्।

यस प्रकरणले स्थानीय तहमा हुने प्राकृतिक स्रोत दोहन र प्रशासनिक संलग्नता सम्बन्धी गम्भीर प्रश्न उठाएको छ। न्यायिक प्रक्रिया अघि बढिरहेका बेला थापा धरौटीमा रिहा भए पनि मुद्दा अझै टुङ्गिएको छैन।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः