इजरायली आक्रमणमा इरानी इन्टेलिजेन्स चिफ मारिए

इजरायलको हवाई आक्रमणमा परी इरानको इन्टेलिजेन्स चिफ मारिएका छन् । इरानको सरकारी मिडियाका अनुसार इस्लामिक रिभोल्यूशनरी गार्ड्स कोर (आईआरजीसी)का इन्टेलिजेन्स युनिटका प्रमुख मोहम्मद काजेमीको आइतबार मृत्यु भएको हो ।

आईआरजीसीसँग जोडिएको तस्त्रीम न्युज एजेन्सी र इरानको सरकारी टेलिभिजनका अनुसार काजेमीबाहेक उनका डिप्टी हसन मोहकेक र कमान्डर मोहसिन बाकेरी पनि इजरायली आक्रमणमा मारिएका छन् ।

यसअघि फक्स न्युजलाई दिएको अन्तर्वार्तामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भनेका थिए, ‘तपाईंलाई म यो भन्न सक्छु कि हामीले इरानका इन्टेलिजेन्स प्रमुख र उनका डिप्टीलाई मारेका छौं ।’

इरानको स्वास्थ्यमन्त्रालयका अनुसार शुक्रबादेखि इजरायली आक्रमणमा परी २२४ जनाको मृत्यु भइसकेको छ । यता इरानले इजरायलमाथि फेरि मिसाइल प्रहार गरेको छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः