दक्षिण अफ्रिकाले विश्व टेस्ट च्याम्पियनसिप 2025 को उपाधि जित्यो, २७ वर्षपछि आईसीसी ट्रफी उचाल्न सफल

spot_img

लण्डन — दक्षिण अफ्रिकाले वर्ल्ड टेस्ट च्याम्पियनसिप (WTC) 2025 को फाइनलमा अष्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै ऐतिहासिक जित हासिल गरेको छ। यो जितसँगै अफ्रिकाले २७ वर्षपछि पहिलोपटक आईसीसी ट्रफी जित्न सफल भएको हो। यसअघि उसले १९९८ मा अन्तिमपटक आईसीसी खिताब जितेको थियो।

फाइनलमा अफ्रिकाका बलर र ब्याट्सम्यानहरूले सन्तुलित प्रदर्शन गर्दै अष्ट्रेलियालाई पाखा लगाएका थिए। एडन माक्ररमले शानदार १३६ रनको शतकिय पारी खेले भने कप्तान टेम्बा बावुमाले मांसपेशीमा खिचाव हुँदाहुँदै ६६ रनको जुझारु पारी दिए। दुवैले तेस्रो विकेटका लागि १४७ रनको साझेदारी गर्दै जितको आधार निर्माण गरे।

बलिङतर्फ कगिसो रबाडाले ९ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे।

बावुमाको प्रतिक्रिया : “हामी यहाँ पुग्न योग्य थियौं”

कप्तान बावुमाले जितपछि भने, “हामीमाथि आलोचना गरिएको थियो कि हामी कमजोर टिमहरूसँग मात्रै खेलेर फाइनलमा पुग्यौं, तर यो जितले सबै आलोचनालाई चुप गराएको छ। अष्ट्रेलियाजस्तो बलियो टिमलाई हराएर हामीले प्रमाणित गर्यौं कि हामी यहाँ हुने योग्य थियौं।”

फाइनलसम्मको यात्रा

दक्षिण अफ्रिकाले २०२३-२५ WTC चक्रमा बंगलादेश, श्रीलंका र पाकिस्तानमाथि श्रृंखला जितेको थियो भने न्यूजिल्याण्डसँग हार र भारतसँग बराबरी खेलेको थियो।

यस ऐतिहासिक जितले दक्षिण अफ्रिकी क्रिकेटलाई नयाँ उत्साह दिएको छ र समर्थकहरूबीच खुसीको माहोल सिर्जना भएको छ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः