अमेरिकी डलर र युरोको मूल्य स्थिर, अरुको कति ?

  • नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रा विनिमय दर निर्धारण गरेको छ।
  • अमेरिकी डलर र युरोको मूल्य स्थिर रहेको छ।

१ असार, काठमाडौं। नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि अन्तर्राष्ट्रिय मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

आज अमेरिकी डलर र युरोको मूल्य स्थिर रहेको छ । अमेरिकी एक डलरको खरिददर १३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०४ पैसा निर्धारण गरिएको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ७२ पैसा कायम गरिएको छ ।

अमेरिकी डलर र युरोको भाउ शनिबार पनि यति नै थियो ।

युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ७७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ५७ पैसा कायम गरिएको छ ।

बैंकले भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः