धानको उचित मूल्य नपाउँदा किसान निराश

  • नवलपरासीका किसानहरूले चैतेधानको उचित मूल्य नपाएको गुनासो गरेका छन्, जसले उनीहरूलाई निराश बनाएको छ।
  • मध्यविन्दु नगरपालिका र गैंडाकोटका किसानहरूले धानको मूल्य प्रति क्विन्टल २,२०० रुपैयाँ मात्र पाए, जबकि गत वर्ष बढी थियो।
  • कृषि ज्ञान केन्द्रका अनुसार सरकारले चैतेधानको समर्थन मूल्य २,८७९ रुपैयाँ तोकेको छ, तर भारतबाट धान आयात भएका कारण किसानले उचित मूल्य पाउन सकेका छैनन्।

नवलपरासी । नवलपरासीका किसान चैतेधानको उचित मूल्य नपाउँदा  निराश भएका छन् । मध्यविन्दु नगरपालिका–२ का किसान दानबहादुर आलेले पाँच कट्ठा जमिनमा दश क्विन्टल धान उत्पादन गरे  तर प्रतिक्विन्टल मात्र रु। दुई हजार २०० मात्र पाउँदा उनी खिन्न छन् । गतवर्ष रु तीन हजारभन्दा अधिक मोलमा उनले एक क्विन्टल धान बेचेका थिए ।

बुद्धभूमि कृषक समूहका संयोजकसमेत रहेका किसान आलेले धानको उचित मूल्य नपाउँदा समूहमा खेती गरेका सबै किसान निरास भएको बताए। यो समूहले पाँच बिघामा चैतेधान रोपेको थियो । उचित मूल्य नपाएका उनीहरुले घरमा नै धान थन्क्याएका उनले बताए ।

गैंडाकोटका किसान मानबहादुर थारुले रु दुई हजार २०० प्रतिक्विन्टलका दरले धान बेचेको बताए । हालको बजार मूल्यबाट आफ्नो लगानी पनि नउठेको उनको दुखेसो छ ।

सरकारले चैतेधानको समर्थन मूल्य दुई हजार ८७९  तोकेको कृषि ज्ञान केन्द्रका प्रमुख कूलप्रसाद तिवारीले बताए । भारतबाट धान आयात भएकाले किसानले उचित मूल्य नपाएका हुनसक्ने उनले बताए। यो वर्ष नवलपुरमा एक हजार १०० हेक्टरमा चैतधान रोपिएको थियो ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः