ब्राजिल विश्वकपका लागि छनोट

ब्राजिलले उत्तर अमेरिकामा हुने विश्वकप २०२६ का लागि बुधवार आफ्नो छनोट निश्चित गरेको छ । साओ पाओलोमा भएको दक्षिण अमेरिकी विश्वकप छनोटमा खेलमा पाराग्वेलाई १–० ले हराउँदै ब्राजिलले यो उपलब्धि चुमेको हो।

नयाँ प्रशिक्षकका रूपमा कार्लो एन्सेलोटी आएयता ब्राजिलको यो पहिलो जित पनि हो ।

पाँच पल्टको विश्वकप च्याम्पियन तथा अहिलेसम्मका सबै विश्वकप संस्करणमा छनोट भएको एक्लो टिम ब्राजिलका लागि एक मात्र निर्णायक गोल रियल म्याड्रिडका खेलाडी भिनिसिय जुनियरले गरे । उनले ४४ औँ मिनेटमा म्याथेस कुन्हाको पासलाई गोलमा परिणत गरेका हुन् । त्यस अगाडि छनोटको अर्को खेलमा उरुग्वेले भेनेजुएलालाई २–० ले हराएको थियो ।

त्यस अगाडि एसियाली छनोटमा मंगलबार राति अस्ट्रेलियाले साउदी अरेबियालाई २–१ ले हरायो र उसले पनि क्यानडा, अमेरिका तथा मेक्सिकोमा हुने विश्वकपका लागि टिकट कट्यो । अस्ट्रेलिया विश्वकपमा छनोट भएको सातौँ पल्ट हो । साउदी अरेबियाले भने अब छनोटका लागि प्ले–अफ खेल्नु पर्नेछ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः