मलेसियामा ड्युटीका क्रममा उदयपुरका डबुक दामिको असामयिक निधन

हरिवन टाइम्स | उदयपुर – मलेसियाको जोहोरबारुस्थित सनाइ क्षेत्रमा ड्युटीमा रहेका बेला उदयपुर जिल्लाको बेलका नगरपालिका–३ निवासी डबुक दामिको असामयिक निधन भएको छ।

नेपाल समय अनुसार राति करिब ९:३० बजे उनी कार्यरत सुरक्षा कम्पनीको ड्युटीमा रहेका बेला अचानक अस्वस्थ भएर ढलेका थिए। घटनास्थलमै उनको ज्यान गएको पुष्टि गरिएको छ।

अन्दाजी ४४ वर्षीय दामि मलेसियाको एक निजी सुरक्षा कम्पनीमा सुरक्षा गार्डका रूपमा कार्यरत थिए। परिवारको आर्थिक जिम्मेवारी काँधमा बोकेका दामि वर्षौंदेखि विदेशमा पसिना बगाउँदै आएका थिए।

उक्त दुःखद समाचारले परिवार र गाउँमा गहिरो शोकको वातावरण छाएको छ। स्थानीयहरू दामिलाई मेहनती, इमानदार र जिम्मेवार व्यक्तिको रूपमा सम्झन्छन्।

शव नेपाल ल्याउने प्रक्रिया थालिएको छ भने परिवार र आफन्तहरूले सरकार तथा सम्बन्धित निकायसँग शीघ्र सहयोगको अपिल गरेका छन्।

Source: Mero Post
सम्पादन: Hariwon Times

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः