गाजामा जाँदै गरेको जहाज रोकेपछि यात्रीलाई उनीहरुको देश फिर्ता पठाउने इजरायलको घोषणा

जेरुसेलम — इजरायलको विदेश मन्त्रालयले मंगलबार जहाजमार्फत् गाजा गइरहेका फ्रीडम फ्लोटिला कोएलिशनका कार्यकर्तालाई उनीहरुको देश फिर्ता पठाउने घोषणा गरेको छ ।

इजरायली विदेश मन्त्रालयले आफ्नो एक्स अकाउन्टमार्फत् यो जानकारी दिएको हो । एक्समा लेखिएको छ, ‘सेल्फी याटका यात्रिलाई उनीहरुको देश पठाउनका लागि बेन गुरियन एयरपोर्टमा ल्याइएको छ । केही यात्री अघिल्लो केही घण्टामा इजरायलबाट प्रस्थान गर्नसक्नेछन् ।’

इजरायली विदेश मन्त्रालयले यदि फ्रीडम फ्लोटिला कोएलिशनका कुनै कार्यकर्ता इजरायलबाट फिर्ता जान मानेनन् भने उनीहरुविरुद्ध कारबाही हुने स्पष्ट पारेको छ ।

अघि लेखिएको छ, ‘जो यात्री इजरायल छोड्न र आवश्यक दस्तावेजमा हस्ताक्षर गर्न इन्कार गर्छन्, उनीहरुलाई कानुनी प्रक्रिया अन्तर्गत अदालतमा उपस्थित गराइनेछ । जहाँबाट उनीहरुलाई डिपोर्ट गर्न सकियोस् ।’

इजरायली सेनाले सोमबार फ्रीडम फ्लटिला कोएिशनका कार्यकर्ताको जहाजलाई रोकेको थियो । यो जहाज गाजामा मानवीय सहायता सामग्री लिएर जाँदै थियो ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः